२०८१ श्रावण १२

तिलोत्तमामा सेवाग्राहीलाई निःशुल्क अटोरिक्सा
  • लुम्बिनी खोज
  • २०८० आश्विन २२, सोमबार १२:१७ गते

बुटवल २२ असोज ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि मुख्य राजमार्गदेखि कार्यालयसम्म पुग्नका लागि निःशुल्क अटोरिक्सा संचालनमा ल्याएको छ । नगरपालिकाले सिद्धार्थ राजमार्गको शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि सोमवारदेखि  निःशुल्क अल्टो रिक्सा संचालनमा ल्याएको हो ।


निःशुल्क अटोरिक्साको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वदेवी चौधरीले अटो रिक्सा चालक इन्द्रकला श्रेष्ठलाई चावी  हस्तारन्तरण गरेर सुभारम्भ गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले नगरवासीहरुलाई सहज  सेवा दिनका लागि निःशुल्क अटो रिक्सा संचालन गरिएको बताए ।
तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वीदेवी चौधरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाले नगरवासीहरुका लागि प्रदान गर्ने सेवा सहज होस् भन्ने तर्फ ध्यान दिदै अगाडी बढ्ने धारणा राखेका छन् । अटोरिक्सा सिट फुल वा १५ मिनेट मध्य जुन पहिला हुन्छ सोही अनुसार संचालन हुने गरी मिलाइएको नगरपालिकाले जनाएको छ ।