२०८१ श्रावण १२

पेट्रोलमा ११ र डिजलमा ५ रुपैयाँले घट्यो मूल्य
  • लुम्बिनी खोज
  • २०८० आश्विन २८, आईतवार १४:२७ गते

 

काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलमा ११ र डिजलमा ५ रुपैयाँले मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।