२०८१ श्रावण १२

तिलोत्तमाले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ दिने
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १८, शनिबार १३:५० गते

बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भुकुम्प प्रभावित दुई जिल्लामा उद्धार, राहत र पुनस्र्थापनाका लागि ५–५ लाखका दरले १० लाख रुपैया उपल्ब्ध गराउने भएको छ ।
नगरपालिकाले आर्थिक सहयोग संगै घाइतेको उपचारका लागि स्वास्थ्यकर्मीको टिम, औषधी, सहितका सामग्री जाजरकोट र रुकुम पश्चिम पठाउने निर्णय समेत गरेको छ ।
नगरप्रमुख रामकृष्ण खाँणले स्वास्थ्यकर्मीको टोलीलाई आफूले प्रयोग गर्दै आएको गाडी उद्धार कार्यका लागि पठाएका छन् ।