२०८१ श्रावण १२

भाइटीका कात्तिक २९ गते १० बजेर ५१ मिनेटमा उत्तम
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २५, शनिबार ०७:२७ गते

 

बुटवल २५ कात्तिक ।
यस वर्ष भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने जनाएको छ ।
राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन्।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।