२०८१ श्रावण १२

बीबीसीको विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालबाट रुक्शाना कपाली
  • लुम्बिनी खोज
  • २०८० मंसिर ५, मंगलवार १०:२४ गते

 

काठमाडौं ।
बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट रुक्साना कपाली समेत समेटिएकी छन् ।
ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् । कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् ।

रुक्शना कपाली नेवा समुदायकी सदस्य तथा पारलैङ्गिक मानवाधिकारकर्मी हुन्। आफू हुर्किँदै गर्दा उनलाई आफ्नो पहिचानबारे यथेष्ट जानकारी थिएन।
उनले लैङ्गिक विविधता र यौनिकताबारे स्वाध्ययन गरिन्। किशोरावस्थादेखि नै उनी तेस्रोलिङ्गीसँग सम्बद्ध विषयमा सामाजिक सञ्जालमा पैरवी गर्दै आएकी छन्।

उनी अहिले कानुन विषय लिएर स्नातक तहमा अध्ययन गरिरहेकी छन्। उनी नेपालमा एलजीबीटीआईक्यूं समुदायका मानिसको कानुनी र संवैधानिक अधिकारको पक्षमा सक्रिय छिन्।
उनी नेवा समुदायमा पनि निकै सीमान्तकृत मानिने (जुगि) जातिकी सदस्य हुन्। उनी जुगि जातिका मानिसहरूलाई उनीहरू बस्दै आएको घरबाट बलपूर्वक निकालिने कार्यविरुद्ध सङ्घर्ष गरिरहेकी छन्।