२०८१ श्रावण १२

स्नातकमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने र कक्षा ११ का उत्कृष्ट विद्यार्थीलाई नवीनमा सम्मान
  • लुम्बिनी खोज
  • २०८० मंसिर १२, मंगलवार ०७:५४ गते

बुटवल १२ मंसीर ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. व्यवस्थापन समूह स्नातक तहमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल र कक्षा ११ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी सम्मान कार्यक्रम मंगलवार सम्पन्न भयो ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख उपसचिव माधव बन्जाडेले विद्यार्थीहरुले पठनपाठनलाई थप व्यवस्थित गर्नुका साथै सामाजिक रुपमा घरमा, आफन्तसंग, अग्रजहरुसंग सामाजिकीकरण हुनुका साथै गतिशिला नेतृत्व गर्न सक्ने गरी सफल हुन विद्यार्थीहरुलाई आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले कक्षा ११ को समुहगत विषयगत सेक्सनगत नतिजा विश्लेषण तथा सोक(Swoc) विश्लेषण गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा कक्षा ११ विज्ञान समुहकी छात्रा आस्था पाण्डेयको संचालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहायक निर्देशक कोपिला ज्ञवाली, सहायक प्रधानाध्यापक अर्जुन खनाल लगायतले धारणा व्यक्त गगरेका थिए ।
कार्यक्रममा विविएमा उत्कृष्ट सिर्जना पोखरेल, विष्णु माया ढकाल, समिक्षा चापागाई, उपहार विश्वकर्मा, प्रदिप सुनार र सामना खड्कालाई सम्मान र कक्षा ११ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरु प्रवीन अधिकारी, शिव गैरे, आकृति अधिकारी, राजु यादव, पवन पौडेल, इफान अन्सारी, रमण वि.क., भगवती कुँवर, ऋतु भुसाल, भागिरथ थारु सुदिप खड्का, अविशेक कार्की र निरुता दर्लामीलाई शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख उपसचिव माधव बन्जाडेले सम्मान गरेका थिए ।