२०८१ श्रावण १२

नक्कली भुटानी शरणार्थी प्रकरणः खाणबारे दुई न्यायाधीशबीच राय बाझियो, तेस्रो न्यायाधीशसमक्ष पेश हुने
  • लुम्बिनी खोज
  • २०८० मंसिर १५, शुक्रबार ११:४५ गते

 

काठमाण्डौं १५ मंसिर ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण तत्काल थुनामै रहने भएका छन् । खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएपछि तत्काल थुनामै रहने भएका हुन् ।
उनलाई थुन्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा उच्च अदालत पाटनका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएको हो ।

अब उनलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने फैसला गर्न तेस्रो न्यायाधीश समक्ष पेश हुनेछ । सोही इजलासले उनलाई थुनामै राख्ने वा धरौटीमा छाडी पुर्पक्ष गर्न दिने भन्ने फैसला गर्नेछ ।