२०८१ श्रावण १२

कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु
  • लुम्बिनी खोज
  • २०८० मंसिर १६, शनिबार ०८:४९ गते

बुटवल १६ मंसिर।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज शनिबार देखि बुटवलमा सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने प्रदेश सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।
आइतबारसम्म चल्ने सम्मेलनमा सभापति देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सम्मेलनमा सहभागिता रहेको बताए ।