२०८१ श्रावण १२

लोकतन्त्र रक्षाका लागि सचेत रहन पहाडीको आग्रह
  • लुम्बिनी खोज
  • २०८० मंसिर १८, सोमबार १४:५७ गते

बुटवल १८ मंसिर ।
मानव अधिकारबादी नेता कृष्ण पहाडीले लोकतन्त्र रक्षाका लागि बेलैमा सचेत रहन दलहरुलाई आग्रह गरेका छन् । उनले लोकतन्त्र रक्षाका लागि दलहरु नलाग्ने हो भने लोकतन्त्र गुम्ने र उनीहरुलाई इतिहासले क्षमा नगर्ने बताए ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा आयोजित लोकतन्त्रको प्राणः सुशासन र सद्भाव बिषयक नागरिक संवाद कार्यक्रमलाइ सम्बोधन गर्दै उनले लोकतन्त्र बचाँँउन साझा संकल्प गर्नुपर्ने बताए ।
उनले भने, –‘बेला छदै उपचार गरौँ, अराकताबादी खेती नगरौँ, धर्म र जातीको मुद्दामा दाइले भाइलाइ मार्छ ।’
पहाडीले मुलुकमा सुशासन नभए लोकतन्त्र टिक्न नसक्ने तर्क गर्दै संघीयताले मुलुकलाइ तोड्ने नभइ जोड्ने काम गर्नुपर्ने धारणा राखे । ‘संघीयता को दोष छैन, दोष त भ्रष्टाचार हो, कुसंस्कार हो’ उनले भने । दलहरु सत्ता केन्द्रित मात्रै हुदाँ परिवर्तनमाथि प्रश्न उठ्न थालेको उनको भनाइ छ ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रय सभापति रामकृष्ण बरालले शान्ति समाजले बिभिन्न मुद्दामा अभियान चलाइरहेको र जनताका एजेण्डालाइ केन्द्रमा राखिएको बताए ।
सो अवसरमा समाजको अवधारणापत्र प्रस्तुत गर्दै निवर्तमान केन्द्रिय सभापति तथा सल्लाहकार गोबिन्द खनालले लोकतन्त्र रक्षाका लागि नागरिक संकल्प आवश्यक रहेको बताए । खनालले लोकतन्त्रको रक्षाका लागि सुशासनको प्रत्याभूति र सद्भाव प्रवद्र्धन आजको आवश्यकता रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र न २ का सभापति प्रजापाल गिरीले दलहरु बलियो बन्ने तर जनता कमजोर बन्ने परिस्थिती बनाउन नहुने बताए । नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसालले दलहरुको बिकल्प दलहरु नै भएको बताए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराइ, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, मानव अधिकार तथा शान्ति समाजका सभापति खिमप्रसाद भट्टराई (कृष्ण), उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्ड, सहकारी अभियान्ता बसन्तप्रसाद ढकाल, पत्रकार डा बालकृष्ण चापागाइ, लेखक ऋषि आजाद, तुल्सीराम बञ्जाडे, फार्मेसी संघका गणेशप्रसाद सेढाइ, नागरिक समाजका उपाध्यक्ष रामकृष्ण हमाल, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेल, महिला अधिकारकर्मी रिता सेन ओलीलगायतले लोकतन्त्र तथा मानवअधिकारका बारेमा चर्चा गरेका थिए ।