२०८१ श्रावण १२

लुम्बिनीका मुख्यमन्त्री र सभामुख बीच भेट
  • लुम्बिनी खोज
  • २०८० मंसिर २२, शुक्रबार १२:०९ गते

 

बुटवल २२ मंसुर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगर बीच आज भेटबार्ता भएको छ । आज बुटवलमा भएको भेटबार्तामा हिउदे अधिबेशन आव्हान, प्रदेश सभाको विषयगत समितीको सभापति चयन, सरकार बिस्तार लगायतको विषयमा छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ । झन्डै एक १घण्टा भएको छलफल भेटमा सरकार र सभाका काम कार्बाहीलाई प्रभावकारी रुपमा लैजान एक आपसमा समन्वय आवस्यकता पर्नेमा मुख्यमन्त्री र सभामुखले जोड दिएका थिए । प्रदेश सभाको काम कार्बाहीलाई प्रभावकारी बनाउन सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहकार्य र सरकार गठबन्धनको बिषयमा पनि छलफल भएको बताएको छ । मुख्यमन्त्री र सभामुख बिच सरकार र प्रदेश सभा संचालनको सन्दर्भमा नियमित रुपमा छलफल भए पनि राजधानी देउखुरी उपत्यका सरेपछि बुटवलमा भएको भेटघाट सम्भवत पहिलो पटक हो । दुबैजना कार्यक्रमको सिलसिलामा रुपन्देही आएका थिए ।