२०८१ श्रावण १२

लुम्बिनीमा लैंगिक समानता विषयक कार्यशाला
  • लुम्बिनी खोज
  • २०८० मंसिर २४, आईतवार १२:२४ गते

लुम्बिनी २४ मंसिर ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजना तथा शताब्दी रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो। लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र लैंगिक समानता र सामाजिक समावेशीकरणको विषयमा कार्यक्रम संयोजक ज्योति पौडेलले प्रस्तुतिकरण दिएकी थिईन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका उपप्रमुख कल्पना हरिजनले समाजमा लैंगिक समानता कायम राख्नुपर्ने बताईन् । जेष्ठ,अपांग, दलित र अल्पसंख्यकलाई उच्च प्राथमिकता दिनुपर्ने भन्दै पालिकाबाट उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताईन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली, वडाअध्यक्ष तथा कार्यपालिका सदस्य, शताब्दी रिसर्चका टिम, नगरपालिकाका शाखा प्रमुख तथा महिला कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रेस संयोजक सुरेश परियारले गरेका थिए ।