२०८१ श्रावण १२

नवीनमा नमुना संसद कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० पुष २, सोमबार १४:१७ गते

बुटवल २ पुस ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा नमुना संसद कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य जमुना ढकालले नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. ले शिक्षा क्षेत्रमा गरेको प्रगतिले सम्पूर्ण सामुदायिक विद्यालयहरुको ध्यान केन्द्रित गरेको बताउदै आजका युवा विद्यार्थीहरुको भोलिका दिनमा राजनीतिक क्षेत्रमा आवश्यकता रहेकोले आफ्नो पठनपाठनलाई असर नगर्ने गरी व्यक्तित्व र नेतृत्व विकास गर्दै विद्यार्थीहरुलाई सामाजिक कार्यमा अगाडी बढ्न आग्रह गरिन ।


नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले नमुना संसदमा विद्यार्थीहरुले विवादित मामिलाका कुराहरुमा जोड नदिई कार्यक्रमलाई परिष्कृत गर्न आग्रह गर्दै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरुको उल्लेखित भूमिकाको कारण विद्यालयका गति विधिहरु थप परिष्कृत गरेकोमा खुशी व्यक्त गरे ।
कानुन समूह कक्षा ११ र १२ का विद्यार्थीहरु र नवीन विद्यार्थी क्लवका विद्यार्थीहरुको सक्रिय सहभागितामा आयोजित दोस्रो नमुना संसद अभ्यास कार्यक्रममा सभामुखको भूमिका नयाँ युवा नयाँ सोचका प्रशिक्षक विनोद खत्री, उप सभामुखको भूमिकामा जुना परियार, प्रधानमन्त्री आयुषा नेपाली, गृहमन्त्री वेद प्रकाश कहार अर्थमन्त्री संदेश विश्वकर्मा, शिक्षामन्त्री रुक्सा अर्याल, प्रतिपक्ष दलका नेता विनिता पाण्डेयले भूमिका निर्वाह गरेका थिए ।
नवीन विद्यार्थी क्लवका अध्यक्ष अमिशन थापाको अध्यक्षतामा समिक्षा कुँवर र कामना लम्सालको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको समग्र अवस्थाको वारेमा धारणा राखेका थिए ।
कानुन समुहका इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेलले नमुना संसदको समग्र अवस्थाको विश्लेषण गरेका थिए। प्रशिक्षक विनोद खत्री, अस्मिता भण्डारी, सिजन भट्टराई लगायतले धारणा राखेका थिए।
नमुना संसद कार्यक्रममा उत्कृष्ट नेतृत्व कर्तामा सन्देश विश्वकर्मा, उत्कृष्ट अनुसन्धान कर्तामा प्रकाश वेल्वासे र उत्कृष्ट वक्तामा सुरक्षा खड्का छनौट भएका थिए । कार्यक्रममा अविसा राइले नृत्य प्रस्तुत गरेकी थिइन् ।