२०८१ आश्विन ५

सेयर बजार लगातार बढ्यो, सात अर्बको कारोबार
  • लुम्बिनी खोज
  • २०८० पुष ४, बुधबार १६:२७ गते

बुटवल,४ पुस ।

नेप्से सूचक ३५.३९ अंकले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा आइपुगेको छ। बुधबारसम्म आइपुग्दा नेप्से सूचक लगातार हरियाली बनेको हो।

कारोबारमा आएका १३ वटा समूहमध्ये सबैभन्दा धेरै उत्पादनमूलक समूहको ७.१५ प्रतिशतले बढेको छ भने लगानीगत समूहको सूचक ६.९२ प्रतिशतले बढेको हो।त्यस्तै, ट्रेडिङ समूहको सूचक ६.२० प्रतिशतले बढेको छ। मंगलबार होटेल तथा पर्यटन समूहको सूचक बढेको भए पनि  यस दिन घटेको छ। बजारमा लगानीकर्ताहरूले अघिल्लो दिन बढेको बजारबाट नाफा बुक राख्दै  लगानीकर्ताले अर्को कम्पनीतर्फ लगानी बढाइरहेका छन्। होटेल तथा पर्यटन समूहको सूचक १.८९ प्रतिशतले बढेको छ।

बढेको बजारमा १५ वटा कम्पनीको सेयर मूल्यमा  १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। बोटलर नेपाल (बालाजु), हिमालयन डिस्टिलरी, फरवार्ड फाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी कम्पनी, युनाइटेड इदीमर्दी  आरबी हाइड्रो पावर, बलेफी हाइड्रो पावर, बिपिडब्लू लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, श्रीस्टार हाइड्रो पावर, हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु  हाइड्रो पावर, सोनापुर मिनरल्स एन्ड आयल, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।