२०८३ जेष्ठ ५
बुटवल १८ पुस ।
लगातार घटेको सेयर बजार आज झन्डै २८ अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज २७.९० अंकले बढेर २०५८ विन्दुमा पुगेको छ। ४ अर्ब ४ करोड रुपैयाँको भएको छ ।
आज सबै समूहको सेयर बढेको छ। त्यसमा पनि जलविद्युत्, होटेल तथा पर्यटन र लगानी समूहको सेयर उच्च अंकले बढेको छ।
आज सातवटा कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ। आज एक करोड पाँच लाख कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका हुन्। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।