२०८१ श्रावण १२

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत
  • लुम्बिनी खोज
  • २०८० पुष २४, मंगलवार १३:१० गते

काठमाण्डौं २४ पुस ।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। ०७६ साउनमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका उनले कार्यकाल ६ महिना बाँकी रहँदै राजीनामा बुझाएका थिए।
मन्त्रिपरिषद्ले रिक्त पदमा नियुक्तिको लागि सिफारिस गर्न सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरेको छ।
बैठकले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणका सदस्य नवराज अधिकारीलाई कार्यबाहक अध्यक्ष तोकेको छ।