२०८१ श्रावण १२

कानुन निर्माणमा स्थानिय तह सक्षम हुन जरुरीः सभामुख
  • लुम्बिनी खोज
  • २०८० पुष २५, बुधबार १३:२८ गते

 

बुटवल २५ पुस ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयले बुधबार बुटवलमा गरेको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धि अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनी र संबैधानिक ब्यवस्था अनुसार स्थानीय तहसंग कानुन निर्माणमा सहकार्य समन्वय र सहजीकरण गरिएको बताए । बिकास निर्माणसंगै कानुन निर्माणमा पनि ध्यान दिनु जरुरी रहेको बताउदै उनले कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले संबेदनसिल रहेको बताए । प्रदेश सभा र स्थानीय तह बीच अन्तरसम्बन्ध स्थापित गरि शुसासन कायम गर्न र जनमैत्री काम गर्न कार्यक्रमले सहयोग पुग्ने बिश्वास व्यक्त पनि ब्यक्त गरे ।
उप सभामुख मेनुका खाड केसीले स्थानीय तह र प्रदेश सभाबिच सहकार्य जरुरी रहेको बताइन । प्रदेश सभा सदस्यहरु तुल्सी चौधरी, भोज प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा देबि अर्याल, सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल , सियारी गाउपालिका अध्यक्ष थानेश्वर घिमिरेलगायतले कानुन निर्माण बारे चर्चा गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सचिब दुर्लभ कुमार पुनले प्रदेश सभाको गतिविधि र सभा संचालन सम्बन्धि सहजीकरण गरेका थिए ।

कानुन उप सचिब ईश्वरी प्रसाद आचार्यले गाउँ र नगर सभा संचालन ब्यवस्था सम्बन्धी सहजीकरण गरेका थिए । बुटवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, सुद्दोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौडेल, सियारी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी, सचिवालयका अधिकृत राधा रोकालगायतले पनि कानुन निर्माणका बारेमा चर्चा गरेको अन्तरकृयामा बुटवल उपमहानगर पालिका, सुद्दोधन र सियारी गाउँपालिका प्रमुख रउपप्रमुख वडा अध्यक्ष र पालिका सदस्यहरुको सहभागीता रहेको थियो ।