२०८१ श्रावण १२

नेप्से ७ अंकले घट्यो , कारोबार रकम आठ अर्बभन्दा बढी
  • लुम्बिनी खोज
  • २०८० माघ ४, बिहीबार १०:३६ गते

बुटवल ४ माघ ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७ अंकले घटेको छ । बुधबार १२ अंकले घटेको नेप्से आज बिहीबार ७.२४ अंकले घटेर दुई हजार एक सय ५५.८२ बिन्दुमा कायम भएको छ।
आज एक सय १२ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ३३ कम्पनीको मूल्य घटेको छ। आज आठ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बुधबार नौ अर्ब ६६ करोडभन्दा बढीको कारोबार भएको थियो।