२ बैशाख २०८१, आईतवार

राष्ट्रपतिद्धारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
  • लुम्बिनी खोज
  • १० माघ २०८०, बुधबार १२:५४

काठमाण्डौं १० माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते दिउँसो ४ बजेका लागि संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार उनले २२ माघको दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले २२ माघका लागि अधिवेशन आह्वान गरेका हुन्।
मंगलबारको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ९३ को उपधारा (१) अनुसार राष्ट्रपतिसमक्ष अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो। यस आधारमा बैठक माघ २२ गते सोमबार दिउँसो ४ बजे संसद्को बैठक बस्नेछ।