२०८१ श्रावण १२

लुम्बिनी प्रदेश स्थापना दिवसमा सभामुखद्वारा शुभकामना व्यक्त
  • लुम्बिनी खोज
  • २०८० माघ २१, आईतवार ०८:२४ गते

बुटवल २१ माघ ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको माघ २१ लाई प्रदेश स्थापना दिवस मनाउने निर्णय अनुसार यो दिवस मनाइएको छ ।
आज बिहान शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले संघीयताको खास मर्म, भावना र उदेश्यलाई परिपुर्ति गर्न दिवसले प्रेरणा प्रदान गर्ने बिश्वास व्यक्त गरेका छन्। प्रदेशप्रति जनताको आशा र भरोसा बचाउन संघीयताको मुल मर्म बुझ्नु पर्ने उनले सन्देशमा उल्लेख गरेका छन् । अझै जनमुखी, जनउत्तरदायी भई काम गर्नु पर्ने आवस्यकता औल्याउँदै उनले शुन्य संरचनाबाट शुरु भएको लुम्विनी प्रदेश सभा र सरकारले तिव्र गतिका साथ काम थालेको जनाएका छन् ।