२०८१ श्रावण १२

उद्योग संघमा भिएफडी अटोमेसन तालिम
  • लुम्बिनी खोज
  • २०८० माघ २४, बुधबार १०:२१ गते

बुटवल २४ माघ ।
रुपन्देही उद्योग संघको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा यस क्षेत्रका उद्योगहरुमा भिएफडी अटोमेसन शाखामा कार्यरत पेसाकर्मीहरुको सीप अभिवृद्धिका लागि वर्कस फरदर टे«निङ्ग अन्तर्गत एक समारोहका बीच तालिमको शुभारम्भ गरिएको छ ।
विभिन्न उद्योग प्रतिष्ठानका (भिएफडी भेरियबल फ्रिक्वेन्सी (डभाइस) अटोमेसन सेक्सनमा कार्यरत कर्मचारीहरुको ज्ञान र सीप अभिवृद्धि गरी थप परिस्कृत बनाउने तालिमको उद्देश्य रहेको छ ।
विशेषज्ञ प्रशिक्षकद्धारा दैनिक ४ घण्टा (२४ दिन) संचालन हुने तालिमवाट प्राविधिक कर्मचारीहरुको कार्यसम्पादन क्षमतामा सुधार ल्याई दक्ष कामदार वन्न र उत्पादकत्व बृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सहभागिहरुलाई स्वचालन परिचय, यसका कम्पोनेन्टसहरु, परिक्षण उपकरण, समस्या निवारण, उर्जाको समुचित व्यावस्थापन पद्दति, नयाँ मेसिनको स्थापना र सुरक्षा संयन्त्र, उत्पादकत्व अभिवृद्धि लगायतका सैदान्तिक र प्रयोगात्मक ज्ञान दिने तालिमको पाठ्यक्रम रहेको छ ।
संघले उद्योग प्रतिष्ठानहरुलाई आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन संचालनमा ल्याएको सिप विकास इकाइ मार्पmत तालिम संचालन गरिरहेको हो ।
संघका अध्यक्ष दिलिप सापकोटाले कामदारहरुका लागि सिप अभिवृद्धि तालिमहरु संचालनमा ल्याउनु उद्योगीहरुको उत्पादकत्व बृद्धि गर्नुका लागि भएको बताउदै हालसम्म सम्पन्न भइसकेका तालिमहरुबारे जानकारी गराएका थिए । उद्योगमा रहेको जनशक्तिलाइ आवश्यक पर्ने तालिमको पहिचान गर्दै सम्बन्धित विषयका तालिमहरुको पाठ्यक्रम निर्माण गर्दै तालिमहरु संचालन गर्ने समेत प्रतिवद्धता उनले जनाए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेलले भिएफडी अटोमेसन तालिमले सिकाई स्तर प्रभावकारी भई दक्ष जनशक्तिको अभावलाई न्यूनीकरण गर्न तथा उद्योगहरुको उत्पादकत्व बृद्धि गर्नुका साथै समय सापेक्ष दक्ष, जनशक्तिको विकासका निम्ति तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले इन्स्योर परियोजनाको सहकार्यमा पहिलो वर्षमा नै धेरै काम सम्पन्न भइसकेको र उद्योगीहरुलाई आवश्यक पर्ने दक्ष जनशक्तिको निरन्तर उत्पादन गरी परिवर्तित नयाँ प्रविधिको समुचित उपयोगका लागि यस्ता तालिमले महत्वपूर्ण योगदान पु¥याउने बताए ।
दिगो तथा समानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर, दोश्रो चरण) परियोजना सहयोग इकाई, लुम्बिनी प्रदेशका टिभेट कोअर्डिनेटर राजकुमार सेतीमहरले इन्स्योर परियोजनाले संचालन गरिरहेको कार्यक्रमका बारेमा जानकारी गराएका थिए । तालिमको उद्देश्यको वारेमा प्रशिक्षक ई.अनुज कुमार रौनियारले स्पष्ट पारेको कार्यक्रमको संचालन संघका महासचिव हिरामणी भटटराइले गरेका थिए ।