२०८१ श्रावण १२

उद्योग संघमा मुद्रण वस्तुगत समिति गठन,संयोजकमा निर्मल अर्याल
  • लुम्बिनी खोज
  • २०८० माघ २४, बुधबार १०:५१ गते

 

बुटवल, २४ माघ ।
रुपन्देही उद्योग संघले विगत केही दिन वस्तुगत समित गठन प्रक्रियालाई तिब्रता दिदै आएको छ । बुधबार मुद्रण सम्बन्धी उद्योगीहरुको भेलाले म्द्रण वस्तुगत समिति गठन गरेको छ ।
संघका प्रथम उपाध्यक्ष एवं वस्तुगत समिति गठन कार्यक्रमका संयोजक जिवकान्त काप्mलेको अध्यक्षतामा आयोजित भेलामा संघका अध्यक्ष दिलिप सापकोटाले वस्तुगत समिति गठनले उद्योग संचालन गर्दा आइपर्ने कठिनाईहरुलाई मिलेर समाधान गर्न र संघका गतिविधिहरुलाई सफल बनाउन र आप्mनो उत्पादनको बजारीकरण गर्न, सहज होस् भन्ने हेतुले वस्तुगत समिति गठन गर्दै आएको जानकारी गराए ।
संघका प्रथम उपाध्यक्ष एवं संयोजक जिवकान्त काफलेले वस्तुगत समिति गठनको उद्देश्य, काम, कर्तव्य र अधिकारको बारेमा उपस्थित मुद्रण उद्योगीहरुलाई विस्तृत जानकारी गराएका थिए ।
मुद्रण उद्योगीहरुको भेलाले पूर्णिमा प्रिन्टिङ्ग एण्ड ट्रेनिङ्गका निर्मल अर्यालको संयोजकत्वमा ७. सदस्यीय मुद्रण वस्तुगत समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा एस.के.अफसेट प्रेसका मधु पोखरेल, सचिवमा न्यू बाबा छापाखानाका भरतराज पाठक, सदस्यहरु साहनी प्रिन्टर्सका सुनिल शाहनी, आर.एल. अफसेट प्रेसका राम चौधरी, हिमालय अफसेट प्रेसका हिमालय पौडेल र मयुर अफसेट प्रिटिङ्ग प्रेसका गिरीराज शर्मा चयन भएका छन् ।
भेलाले समितिको सल्लाहकारहरुमा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, कार्यसमिति सदस्य राजु घिमिरे, पूर्व कार्यसमिति सदस्य बिष्णु तिवारी, घनश्याम घिमिरे, हरि पहारी, उद्योगी लिलाधर लुईटेल, पशुपति पौडेल र डिल्लीनारायण पाण्डेलाई चयन गरेको छ ।
भेलामा प्रतिवद्धता मन्तव्य ब्यक्त गर्दै समितिका संयोजक निर्मल अर्यालले उद्योगीहरुले विश्वास गरी संयोजकको जिम्मेवारी दिएकोमा रुपन्देही उद्योग संघ तथा मुद्रण उद्योगीहरु प्रति आभार व्यक्त गर्दै मुद्रण उद्योगीका तमाम समस्याहरुलाई निराकरण गर्न सम्बन्धित निकायमा पहलका लागि संघ मार्पmत पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसद पराजुलीको धन्यवाद ज्ञापन तथा महासचिव हिरामणी भट्टराईको संचालनमा सम्पन्न भेलामा हालसालै काठमाडौंमा सम्पन्न मुद्रण उद्योग महासंघको अधिवेशनबाट केन्द्रीय अध्यक्षमा, रुपन्देही उद्योग संघका पूर्व कार्यसमिति सदस्य बिष्णु तिवारी, द्वितीय उपाध्यक्षमा सदस्य उद्योगी मनोज जि.सी, केन्द्रीय सदस्यमा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली बिजय भएकोमा हार्दिक बधाई सहित सम्मान गरिएको थियो । भेलामा मुद्रण उद्योगी महासंघका अध्यक्ष बिष्णु तिवारी, संघका कार्यसमिति सदस्य राजु घिमिरे, लगायतले शुभकामना मन्तव्य राखेका थिए । भेलामा संघका द्वितीय उपाध्यक्ष हरि बहादुर खत्री, कार्यसमिति सदस्य टंक नारायण आचार्य, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी र मुद्रण उद्योगीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।