२०८१ श्रावण १२

भ्रष्ट्राचार शुन्यमा झार्नुपर्छः लुम्बिनीका प्रदेश प्रमुख शेरचन
  • लुम्बिनी खोज
  • २०८० माघ २८, आईतवार १३:३३ गते

 

बुटवल २८ माघ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्ट्राचारलाई शुन्यमा झार्ने किसिमले काम गर्नुपर्ने बताएका छन् । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसमा आइतबार अख्तियारको बुटवल कार्यालयले गरेको कार्यक्रममा वोल्दै उनले भ्रष्ट्राचार न्यूनिकरण गर्ने नभइ शुन्यमा झार्न लागि पर्नुपर्नेमा जोड दिए । न्यूनिकरणले भ्रष्ट्राचार पुरै रोक्न मद्दत नगर्ने धारणा राख्दै उनले शुन्यमा नै झार्नुपर्नेमा जोड दिए ।
भ्रष्ट्राचारलाई जघन्य अपराध मानेर ब्यक्ति हत्या सरहकै सजाय हुनुपर्नेमा उनले जोड दिए । भ्रष्ट्राचार गर्नेले सबैमाथि अपराध गर्ने भन्दै उसलाई कडा सजाय हुनुपर्ने उनले बताए । भ्रष्ट्राचार मुक्त देश बनाउन प्रतिवद्धता ब्यक्त गरेर लागि पर्नुपर्नेमा जोड दिदै प्रदेश प्रमुख शेरचनले सुशासनलाई ब्यवहारमा देखाउनुपर्ने बताए ।
लुम्बिनी प्रदेश सुशासनमा नमुना प्रदेश बन्नुपर्नेमा जोड दिदै उनले यहा गरेका असल कामले अन्य प्रदेश सगै संघलाई पनि दवाव पुग्ने बताए ।
प्रदेश प्रमुख शेरचनले संविधानले दिएका अधिकारहरु हुवहु लागु हुन नसक्नुमा केन्द्रीकृत मानसिकताले काम गरेको भन्दै अधिकार सम्पन्न गराउने हो भने प्रदेश र स्थानिय तहलाई अधिकार दिनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री डिल्लिबहादुर चौधरीले भ्रष्ट्राचार मुक्त मुलुक बनाउन सबै लागि पनुपर्नेमा जोड दिए । त्यसका लागि अख्तियार, राजनीतिक तथा प्रशासनिक निकाय सबैको दायित्व रहेको उनले बताए । मुख्यमन्त्री चौधरीले प्रदेश सरकार सुशासनको पक्षमा रहेको समेत बताए ।
लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरले असल र सकरात्मक सोचबाट सबैले काम गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलगायतले भ्रष्ट्राचारका विरुद्धमा तथा सुशासनका पक्षमा धारणा राखेका थिए ।
कार्यक्रममा अख्तियारका बुटवल कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलले चालु आर्थिक वर्षको माघ मध्यसम्ममा बुटवल कार्यालयमा १३६५ उजुरी परेकोमा ५८४ फछयौट भएको बताए । उनले विस्तृत अनुसन्धानमा १०३ रहेकोमा ४१ वटा फछयौट भएको बताएका थिए ।