२०८१ श्रावण १२

नवीनमा कक्षा १२ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण
  • लुम्बिनी खोज
  • २०८० माघ २९, सोमबार १०:५६ गते

बुटवल २९ माघ ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा कक्षा १२ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हरि बहादुर बिष्टले विद्यार्थीहरु विद्यालयका लागि सम्पति भएकोले नवीन विद्यालयले सम्पन्नशाली विद्यालयको रुपमा राष्ट्रिय स्तरमा ख्याती पाएकोमा खुशीव्यक्त गरे । विद्यार्थीहरुको मन जितेर करिव चार हजार सात सय विद्यार्थी विद्यालयमा बनाउनु विद्यालयको सहरानिय कार्य भएकोले विद्यार्थीहरुले दवावले होइन मनोरञ्नात्मक तवरले अध्ययन गरियो भने मात्र सफलता प्राप्त गर्न सकिने बताउदै मन र तनलाई संगै राखेर अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।
उनले विद्यार्थीहरुले आफैँ संग भएको क्षमतालाई चिन्न सकेमात्र विद्यार्थीहरुको सफलतालाई कोही कसैले रोक्न नसक्ने बताउदै विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षता, व्यवस्थापन समूह कक्षा ११ की विद्यार्थी अस्मिता बस्नेतको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रधानाध्यापक अर्जुन खनालले ब्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समूहका उत्कृष्ट विद्यार्थीहरु राहुल भण्डारी, पवन पन्थ, प्रदिप ज्ञवाली, विशाल बन्जाडे, शक्ति पौडेल, भरत लम्साल, मेलिना फुल्लेल, सिद्वी भट्टराई, शरिता दर्जी र रुक्सा अर्याल लगायतलाई नगदबाट र कक्षागत प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार वितरण गरेका थिए ।