२०८१ श्रावण १२

नेप्से परिसूचकमा २०.७६ अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १०, बिहीबार १५:३५ गते

बुटवल १० फागुन ।
साताको अन्तिम कारोबार दिन बिहिवार नेप्से परिसूचक २०.७६ अंकले घटेको छ । आज नेप्से दुई हजार पाँच दशमलव ८३ अंकमा सीमित भएको छ ।

आज ९५ लाख १८ हजार कित्ता सेयर किनबेच हुदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको १४ करोड ८७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो ।