२०८१ श्रावण १२

अस्पतालबाट २६ दिनको बच्चा चोरी
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ११, शुक्रबार १३:०७ गते

 

काठमाण्डौं ११ फागुन ।
काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा चोरी भएको छ । २६ दिन भएकी नवजात शिशु चोरी भएको छ ।
काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ बर्सिया सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै प्रहरीमा सूचना दिएकी छिन् । सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँको टिमले खोजतलास सुरु गरेको छ । बच्चा लैजाने आरोपीको हुलिया पहिचान भएको छ ।अनुसन्धान अधिकृतहरुले संकलन गरेको (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ ।