२०८१ श्रावण १२

प्रदेश सांसद यादव निलम्बनमा
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १२, शनिबार १३:१५ गते

बुटवल १२ फागुन ।
लुम्बिनी प्रदेश सभाका सदस्य जानकीप्रसाद यादव स्वतः निलम्बन परेको सुचना प्रदेश सभाले निकालेको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सुचनामा यादव यही फागुन ८ गतेदेखि नै स्वतः निलम्बनमा परेको उल्लेख छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको पत्रका आधारमा स्वतः निलम्बनको सुचना प्रकाशित गरेको प्रदेश सभाले जनाएको छ ।
अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएसगै मुद्दाको किनारा नलाग्दा सम्म सार्वजनिक पद धारण गरेको ब्यक्ति निलम्बनमा पर्ने ब्यवस्था बमोजिम यादव निलम्बनमा परेका हुन । मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वत निलम्बनमा पर्ने ब्यवस्था अनुरुप यादव निलम्बनमा परेका हुन ।
कपिलवस्तु स्थीत गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दावी गर्दै अख्तियारले केही दिन अगाडी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
काठ बिक्रीमा हिनामिना गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति रुख कटान गर्दा भ्रष्टाचार गरेको दाबीसहित गत मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनी कपिलवस्तुको क्षेत्र नम्बर ३ (२) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित हुन् । उनी गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हुन् ।