२०८२ माघ २९

लुम्बिनी गुरुयोजनामा किन ढिलासुस्ती ?
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन ३, सोमबार ०९:०५ गते

बुटवल
यस प्रदेशमा रहेको सबै भन्दा महत्वको स्थल हो शान्तिका अग्रदुत गौतम वुद्धको जन्म थलो लुम्विनी । नेपालीका लागि मात्रै नभएर संसारभरीका बासिन्दाका लागि आकर्षणको केन्द्र बनाउन सकिने लुम्विनीको विकासमा ढिलासुस्ती हुदा गुरुयोजनाको काम चार दशक पार हुदा समेत पुरा हुन सकेको छैन । शान्तिका अग्रदुत गौतम वुद्धको जन्म थलो लुम्विनीको विकासमा स्थानिय, प्रदेश तथा केन्द्र सरकारले यथेष्ट ध्यान दिन नसक्दा गुरुयोजनाको कामले समेत गति बढाउन सकेको छैन । लुम्विनीलाई राम्रो सग विकास गर्न सके राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय पर्यटनको केन्द्र बन्न सक्छ तर पर्यटनको विकास गर्ने गरी ठोस काममा तीन वटै तहका सरकार जुटन सकेका छैनन ।
लुम्विनी गुरुयोजनाका काम सन्तोष जनक रुपमा अगाडी बढेको पाइदैन । लुम्विनीलाई पर्यटन मैत्री वनाउनुपर्ने देखि यहा विभिन्न पक्षमा सुधार गर्नुपर्ने खाचो सरोकारवालाहरु औल्याउछन । लुम्ँिवनीको विकासलाई तीव्रता दिन सबैभन्दा पहिला यहाको गुरुयोजना पुरा गर्नुपर्ने पर्यटन ब्यवसायीहरुको भनाइ रहदै आएको छ । तर लुम्विनी गुरुयोजनाको काम कहिले पुरा हुने हो टुंगो छैन । ४ दशकको अवधीमा गुरुयोजनाको करिब साढे ८२ प्रतिशत पुरा भएको विकास कोषका पदाधिकारी बताउछन । लुम्विनी क्षेत्र विकास कोषका योजना प्रमुख सरोज भट्टराइका अनुसार लुम्विनीमा विभिन्न संरचना बन्ने क्रम जारी रहेका छन । गुरुयोजनाको काम पुरा गर्न अझै २ वर्ष लाग्ने अनुमान गरिएको र ७ अर्ब खर्च लाग्ने अनुमान गरिएको उनले बताए ।
हुन त विश्वव्यापी कोरोना महामारीको चपेटामा चार दशकअघि सुरु गरिएको लुम्विनी गुरुयोजनाका काम पनि प¥यो । पछिल्लो पटक दुई वर्षभित्र गुरुयोजना पूरा गर्ने लक्ष्यसहित काम भइरहेका थिए । कोरोना भाइरसको संक्रमणका कारण लामो समय मुलुकमा लकडाउन गरिएपछि गुरुयोजनाका काम पनि प्रभावित भए । अहिले सञ्चालित कामको गति पनि सुस्त छ ।
गुरुयोजना अन्तर्गत चालु आवभित्र पूरा गर्नुपर्ने काममा ढिलाइ भएको छ । अहिले निर्माण कार्य सुस्त गतिमा चलिरहेको छ । सन् १९७८ मा जापानिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको गुरुयोजनाको वषौं कटे पनि पूरा हुन सकेको छैन । पछिल्ला दुई वर्षमा लुम्बिनी विकास कोषले यसलाई तीव्रता दिएको थियो । कोरोना महामारीको प्रभावले यसको गति रोकिएको हो ।
लुम्बिनी गुरुयोजनामा चालु आवमा सकिने गरी ५ हजार व्यक्ति अट्ने सभाहल, एउटा पोखरी, ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म ६ सय मिटर सौन्दर्यीकरण गर्ने काम भइरहेका हुन् ।
लुम्बिनीको समग्र गुरुयोजना आगामी अढाइ वर्षमा सम्पन्न गर्न अन्तर्राष्ट्रिय कन्सल्टेन्ट ल्याएको र तिनले काम गरिरहेको लुम्बिनी विकास कोषले जनाएको छ । योजना प्रमुख भट्टराईले बाकी कामहरु पुरा गर्न परामर्शदाता नियुक्त गरेर काम भइरहेको भन्दै रामग्राम तथा कपिलवस्तुका क्षेत्रहरुको पनि गुरुयोजना बनाएर पास गर्ने काम भइरहेको बताए ।