२०८२ माघ २८
ब्’टबल, १० फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेश (एलआइसी) नेपालले बर्दघाट –१६ नवलपरासी निबासी रवि कुमार कामु (थापा) को परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले रविकुमारका बुबा ताराबहादुर कामु (थापा) लाई रकम हस्तान्तरण गरेकी हुन् । पाँच वर्षअघि एलआईसी नेपालमा १५ लाख रुपियाँको बिमा गरेका रविकुमार गत ंमंसिर २ गते आफ्नै निबासमा बिहान उठ्दा मृत अवस्थामा फेला परेका थिए ।
उनका बुबा ताराबहादुरलाई मृत्यु दावी बापत १८ लाख ३६ हजार ७५० रुपियाँ प्रदान गरिएको एलआइसी नेपाल बर्दघाट शाखा प्रवन्धक पुरीले बताइन् । त्यस अवसरमा बोल्दै शाखा प्रवन्धक पुरीले जीवन बिमाले परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने बताइन् । कार्यक्रममा एलआइसी नेपालका एजेन्सी म्यानेजर किशनबहादुर चौधरीले जीवन बीमाको महत्वका साथै यसका फाइदाहरुका बारेमा चर्चा गरेका थिए ।