२०८१ कार्तिक ८

नेप्से २७.८४ अंकले घट्यो, ३ अर्ब ९४ करोडको कारोबार
  • लुम्बिनी खोज
  • २०८० चैत्र १, बिहीबार १२:१८ गते

 

बुटवल १ चैत ।
साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २७.८४ अंकले घटेको छ । बिहिवार नेप्से सूचक २ हजार ८०.८७ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज १९६ कम्पनीको सेयर मूल्य घट्दा ४४ कम्पनीको मूल्य बढेको छ भने ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।