बुटवल ३१ बैशाख ।
आज सेयर बजार दोहोरो अंकले बढेर २ हजार विन्दुको नजिक पुगेको छ । सोमबार २४.३९ अंकले नेप्से बढेको छ । आज नेप्से १९९८.८९ विन्दुमा उक्लिएको छ।
आज तीन सय २० वटा कम्पनीका ९५ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । तीन अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको छ।