२०८१ आश्विन ८

विद्यालयको स्टोर कोठामा आगजनी
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन २१, शनिबार ०२:११ गते

बुटवल, २० फागुन ।
सहिद स्मृती आधारभूत विद्यालय बुटवल–११ को स्टोर कोठामा आगजनी गरिएको छ । बिहीबार दिउँसो अपरिचित व्यक्ति विद्यालयको कम्पाउन्डभित्र प्रवेश गरी आगजनी गरेको स्थानीयले बताएका छन् ।
आगजनीबाट स्टोर कोठामा रहेका विभिन्न शैक्षिक सामग्री, फाईलहरु, विभिन्न भौतिक संरचनालगायतका सामग्री जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक प्रकाश गौतमले जानकारी दिए ।
आगजनी कसले र किन ग¥यो भन्ने बारेमा थाहा हुन नसकेको उनले बताए । आगजनीबाट करिव चार लाख रुपियाँको क्षति भएको विद्यालयले जनाएको छ । बिहीबार विदाको दिनमा आगजनी गरिएकाले विद्यालयमा कर्मचारी, शिक्षक कोही पनि थिएनन् । विद्यालयमा आगजनी भएको देखेपछि स्थानीयले विद्यालय परिवारलाई खवर गरेका थिए । स्थानीय अभिभावक, बुिद्वजीवि, जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा प्रहरीको सहयोगबाट आगो नियन्त्रणमा लिइएको थियो ।