२०८१ आश्विन ६

देवदहले ल्यायो डेढ अर्व बढीको बजेट
  • लुम्बिनी खोज
  • २०८१ असार १०, सोमबार ०९:१० गते

बुटवल,१० असार ।
देवदह नगरपालिकाले डेढ अर्व बढीको बजेट ल्याएको छ । सोमबार नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले १ अर्व ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँको बजेट पेश गरेकी छन ।
विनियोजित बजेटमा आ।व। ०८१र८२ मा २५ करोड ४६ लाख ८८ हजार ५ सय आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ । संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८४० राजश्व वाडफाड मार्फत आम्दानी हुने अनुमान गरिएको छ ।
बजेटमा संघीय सरकारबाट विभिन्न शिर्षकमा ४० करोड बढी र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ।
गतवर्ष करिव १ अर्व ३२ करोडको बजेट ल्याएको देवदहले आगामी आर्थिक वर्षको लागि भने बजेटको आकारमा वृद्धि गरेको छ । झन्डै १८ करोड रूपैयाँ वृद्धि गरिएपनि आन्तरिक आयमा भने सोही अनुसार वृद्धि भएको देखिदैन ।
गत वर्ष १८ करोड ४१ लाख ६० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरले असारको पहिलो हप्तासम्म १० करोड २० लाखको हाराहारीमा राजस्व संकलन गरेको छ । यद्यपि आगामी आवको लागि प्रस्तावित बजेटमा भने अहिले संकलित राजश्वको दोब्बरभन्दा बढी संकलन गर्ने महत्वाकांक्षी योजना नगरले अघि सारेको छ ।
नगरपालिकाले ल्याएको बजेटमा आर्थिक विकास तर्फ २ करोड ७८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमा कृषि तर्फ ५६ लाख, पशु विकास तर्फ ३१ लाख ३० हजार, सहकारी तर्फ ८ लाख ४० हजार, पर्यटन, संस्कृति तथा सम्पदा तर्फ ५६ लाख, उद्योग वाणिज्य तर्फ ५५ लाख, भुमि व्यवस्था तर्फ ६९ लाख तथा श्रम, रोजगार र गरिवी निवारण तर्फ २ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकास तर्फ ६ करोड ३३ लाख ४९ हजार ५०० रुपैयाँ छुट्याइएको छ । जसमा शिक्षा तर्फ २ करोड ८५ लाख ७८ हजार ५ सय, स्वास्थ्यमा ८९ लाख ३१ हजार, खानेपानीमा १० लाख ७० हजार, महिला विकासमा १८ लाख, समावेशीकरणमा ७० लाख, युवा तथा खेलकुदमा ४९ लाख ७० हजार र बालमैत्री शासन शिर्षकमा ५ लाख विनियोजन गरिएको छ ।
पुर्वाधार विकासमा ७ करोड २० लाख विनियोजन गरिएको छ । विपद व्यवस्थापनमा ८३ लाख ४० हजार, संस्थागत विकास र सुशासनमा १८ करोड ८६ लाख ७५ हजार छुट्याइएको छ ।
यो वर्ष पनि नगर प्रमुख र उपप्रमुख सम्बोधित कार्यक्रमलाई १र१ करोड विनियोजन गरिएको छ । जसमा नगर प्रमुख सम्बोधित कार्यक्रम शिर्षकमा ५० लाख राखिएको छ भने सोही अन्तरगत मागको आधारमा पूर्वाधार विकास कार्यक्रम शिर्षकमा ५० लाख छुट्याइएको छ । त्यसैगरी उपप्रमुख सम्बोधित कार्यक्रम शिर्षकमा ३० लाख र सोही अन्तरगत मागको आधारमा पूर्वाधार विकास कार्यक्रम शिर्षकमा ७० लाख रुपैया विनियोजन गरिएको छ ।
साथै नगर प्रमुख उद्यमी कार्यक्रम शिर्षकमा ५० लाख र नगर उपप्रमुखसंग महिला कार्यक्रमा शिर्षकमा २५ लाख छुट्याइएको छ ।