२०८१ आश्विन ४

व्यापार संघमा नेतृत्व विकास तालिम
  • लुम्बिनी खोज
  • २०८१ असार २५, मंगलवार १२:४७ गते

 

बुटवल, २४ असार ।
रुपन्देही व्यापार संघ अन्तर्गत महिला उद्यमी वस्तुगत उपसमितिको आयोजनामा नेतृत्व विकास एवं क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । संघ अन्तर्गतको महिला उद्यमी वस्तुगत उपसमितिले नियमित कार्यक्रम अन्तर्गत महिला व्यावसायीहरुलाई लक्षित गरी तालिमको आयोजना गरेको हो ।
तालिमको शुभारम्भ गर्दै संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले व्यवसाय प्रवद्धनका लागि व्यवसायीक रणनीति जरुरी रहेको हुदा यस प्रकारका तालिमहरुले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले संघले आफ्ना सदस्य व्यवसायीहरुको क्षमता अभिबृद्धिका लागि आवश्यकता अनुसार तालिम गोष्ठी, प्रशिक्षणहरु आयोजना गर्दै आएको स्मरण गराउदै तालिममा सिकेको सिपलाई व्यवहारमा उर्तान आग्रह गरे ।

कार्यक्रममा संघका सह–सचिव प्रकाशराज पौडेलले व्यवसायमा चुनौती हुनु ठूलो कुरा नभएको धारणा राख्दै आइपर्ने चुनौतिको सामना गर्ने योजना बनाउनुपर्ने बताए ।
संघ अन्तर्गतको महिला वस्तुगत उपसमिति संयोजक लक्ष्मी भट्टराईको अध्यक्षता, सचिव सरिता नेपालको संचालनमा कार्यक्रममा प्रमुख प्रशिक्षक मुकुन्द ज्ञवालीले सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न उपसमितिहरुमा आबद्ध ५० जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।