२०८१ आश्विन ५

नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौतीः लुम्बिनी प्रदेश प्रमुख शेरचन
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ३, बिहीबार ०९:२९ गते

 

बुटवल, ३ साउन ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत कानुनका विद्यार्थीहरुसंग अनुभव र अनुभूति साटासाट कार्यक्रममा उनले राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गर्ने परिपाटीको विकास गर्न युवाहरुलाई आग्रह गरे । कानुनका विद्यार्थी भविष्यका सफल राजनीतिज्ञ बन्न सक्ने भन्दै उनले विद्यार्थीहरुले सदैव आलोचनात्मक चेतको विकास गर्नुपर्नेमा जोड दिए ।
कानुनका विद्यार्थीले देशको लागि असल कानुन बनाउन सक्ने उल्लेख गर्दैै प्रमुख शेरचनले योग्य र क्षमतावान व्यक्ति संसदमा पुग्न र पु¥याउनका लागि सबैको भूमिका आवश्यक रहने बताए ।
विगतमा संविधानको अक्षरसः पालना नहँुदा कानूनी शासनको उल्लंघन भएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले मूलुकमा कानुन र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति आवश्यक रहेको बताए ।
सो अवसरमा विद्यार्थीहरुले प्रदेश प्रमुख समक्ष विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा उक्त एकेडेमीका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।