२०८१ आश्विन ४

पश्चिम नेपाल बस प्रालिद्वारा मृतक ब्यबसायीका परिवारलाई १७ लाख प्रदान
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २४, बिहीबार १३:०६ गते

 

बुटवल, २४ साउन ।
दुर्घटनामा परि निधन भएका आफ्ना शेयर सदस्यको परिवारलाई पश्चिम नेपाल बस प्रालिले बिमा रकम वापत १७ लाख रुपैयाँ प्रदान गरेको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.द्वारा शेयर सदस्य लु १ ख ८७८७ नम्बरका गाडी धनी भैरहवा निवासी जानकी देवी पाण्डेको परिवारलाई सो रकम प्रदान गरिएको हो । आज एक कार्यक्रका बिच मृतक पाण्डेका छोराहरु अखिलेश कुमार पाण्डे र कमलेश कुमार पाण्डेलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
यति ठुलो रकम राहत वापत ब्यबसायीको परिवारलाई प्रदान गरिएको पहिलो पटक भएको प्रा.लि.ले जनाएको छ । आफ्नै घरको छतबाट खसेर गम्भिर घाईते भएकी सिद्धार्थनगर ३ भैरहवा निवासी पाण्डेको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेजमा निधन भएको थियो ।पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का शेयर सदस्य समेत रहेकी पाण्डेको निधन पश्चात मृतकका परिवारलाई ब्यबसायी कल्याणकारी कोष मार्फत २ लाख रुपैयाँ र बिमा वापतको १५ लाख गरि कुल १७ लाख रुपैयाँ प्रदान गरिएको अध्यक्ष दधिराम खरेलले बताएका छन् ।
अध्यक्ष खरेलका अनुसार कुल २२ सय २ शेयर सदस्य रहेको प्रा.लि.ले ब्यबसायीको निधन पछि परिवारलाई राहत होस भन्ने उद्देश्यले ब्यबसायीहरुको २२ लाखसम्मको बिमा तथा राहत रकमको ब्यबस्था संस्थाले नै गरेको छ । अध्यक्ष खरेल भन्छन—पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले स्थापना गरेको सहकारी मार्फत आफ्ना शेयर सदस्यहरुको ब्यबसायिक सुरक्षा र सदस्यका परिवारहरुको हकहितका लागि आर्थिक सहयोग गर्ने उद्देश्यले बिशेष ब्यबस्था गरेको छ ।
आफ्ना सदस्य ब्यबसायीहरुको पेशागत सम्मान र हकहित संरक्षणलाई मुख्य प्राथमिकतामा राख्दै पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले पछिल्लो समय मरणोपरान्त समेत परिवारलाई रकम प्रदान गर्दै आईरहेको छ । ब्यबसायीका साथै परिवारको जिवनयापनमा समेत सघाउ पुराउने उद्देश्यले सहकारी मार्फत रकम बितरण गर्ने ब्यबस्था गरिएको प्रबन्ध संचालक रामचन्द्र भुसालले बताए ।