२०८१ आश्विन ८

खुद्रा किराना व्यवसायी संघको पद हस्तान्तरण
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन ३०, सोमबार १७:४२ गते

बुटवल, ३० फागुन ।
खुद्रा किराना व्यवसायी संघ बुटवलको १५ औँ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनबाट निर्वाचितहरुलाई पदहस्तान्तरण गरिएको छ । बुटबलमा एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका वन तथा भु(संरक्षण मन्त्री सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा नवनिर्वाचित मोहन बस्यालको अध्यक्षतामा निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पदहस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री सुरेन्द्र हमालले प्रदेश सरकार जनताका समस्याप्रति गम्भीर रहेकाले सरकारले जनपक्षीय कामलाई ध्यान दिएको दावी गरेका थिए । नीजि क्षेत्रका समस्याप्रति प्रदेश सरकार जानकार रहेको बताउदै साना तथा किराना व्यवसायीका समस्या हल गर्न पहल गर्ने प्रतिवद्वता जनाएका थिए । मन्त्री हमालले खुद्रा किराना व्यवसायी संघको भबन निर्माणका लागि जग्गाको व्यवस्थापन मिलाउन राजनीतिक दलहरुलाई आग्रह गर्दै भवन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन समेत दिए । कार्यक्रममा संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका विनोद पहाडी, नेपाली कांग्रेसका हरि अर्याल, नेकपा एकीकृत समाजवादीका डा। बालकृष्ण चापागाई, नेकपा एमालेका राजेन्द्र ढकाल, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल,बुटवल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, रुपन्देही उद्योग संघका कृष्ण पराजुली, रुपन्देही व्यापर संघका सचिव परसुराम पन्थ , खुद्रा तथा किराना व्यवसायी रुपन्देहीका निवर्तमान अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, पूर्व अध्यक्ष कमला गौतम, गंगाप्रसाद न्यौपाने,सल्लाहकार कृष्ण पाण्डे,अध्यक्ष मोहन बस्याल ,महासचिब गोपाल कुमार प्रधान व्यवसायी महेन्द्र पोखरेल लगायतले बोलेका थिए ।