२०८२ कार्तिक २८
बुटवल ५ चैत ।
पश्चिम नेपाल विकास ट्रष्टले लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम, बुटवललाई खाद्यान्न प्रदान गरेको छ । शनिवार आश्रममा पुगेर ट्रष्टको टोलिले खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरू प्रदान गरेको हो ।
ट्रष्टका प्रमुख सल्लाहकार पोखराका युवा पर्यटन ब्यवसायी गोपालप्रसाद भुसालको विशेष उपस्थीतिमा खाद्यान्न प्रदान गरिएको हो । उक्त कार्यक्रममा पश्चिम नेपाल विकास ट्रष्टका अध्यक्ष गौरीमाया थापा, सल्लाहकार विष्णु घिमिरे, सचिव माधव प्रसाद आचार्य र कोषाध्यक्ष पदम घिमिरे र अन्य साधारण सदस्यहरु सहभागि थिए । कोषाध्यक्ष पदम घिमिरेका अनुसार चामल, दालमोट, भुजालगायतका खाद्य सामाग्री प्रदा नगरिएको थियो । ट्रष्टले यस अघि पनि आश्रममा विभिन्न किसिमको सहयोग गर्दै आएको छ ।
खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख सल्लाहकार भुसालले ट्रष्टले विभिन्न सामाजिक काम गर्ने क्रममा आश्रममा पनि सहयोग गरेको बताए । आगामी दिनमा समाजिक कामलाइृ निरन्तरता दिइने पनि उनले बताए । कार्यक्रममा अध्यक्ष थापा, सचिव आचार्यले कार्यक्रमका बारेमा धारणा राखेका थिए ।