२०८१ आश्विन ८

नेप्से परिसूचकमा ५८.९३ अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ८, मंगलवार १२:०४ गते

बुटवल ८ असोज ।
आज पनि सेयर बजारमा ठूलै गिरावट भएको छ । नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ । धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अंकले ओरालो लागेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५८.९३ अंकले ओरालो लागेर दुई हजार चार सय ७०.३९ मा सीमित भएको छ।
आज कुल एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर रु. पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ मूल्यमा खरिद–बिक्री भएका छन्।