२०८१ मंसिर ८

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १४, सोमबार ०८:२७ गते

बुटवल १४ असोज ।
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चित भएको घोषणा गरिएको बताइएको छ् ।
लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०।०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजि गरेर पूर्ण खोप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछी पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रदेश पूर्णखोप समन्वय समिति लुम्बिनीले सोमवार गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका छन् । घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख रउपप्रमुखहरुको सहभागीता थियो ।
बालबालिकाहरुमा विभिन्न सरुवा रोग बिरुद्ध खोप लगाइदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूमोनिया, मेनिन्जाईटिस, जापानि इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरस बाट हुने झाडापखाला बिरुद्ध खोप उपलब्ध गराउदै आइएको हो ।