२०८१ मंसिर ८
पोखरा ४ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला अदालत कास्कीले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
कास्की प्रहरीले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतसँग अनुमति माग गरेको थियो। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठीत संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो। लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको थियो ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालत उपस्थित गराइएको थियो । शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइएको हो । आज लामिछाने समर्थकले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि पोखरामा प्रहरीसँग धकेलाधकेलको स्थितिसमेत बनेको थियो ।