२०८१ कार्तिक ७

३० वटा आइफोन बरामद
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ६, मंगलवार ०९:२३ गते

बुटवल ६ कात्तिक ।
रुपन्देहीमा प्रहरीले अबैध रुपमा ल्याइएका ३० वटा आइफोन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नं. ४ बालापुर बाट मोवाइलसहितका सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी लक्ष्मी प्रहरी नायव उपरिक्षक खनालका अनुसारका अनुसार चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासीर पैठारी गरेको अवस्थामा मोवाइल सहितका सामान बरामद गरिएको हो ।
अन्दाजी ११ लाख ५१हजार ८ सय रुपैया बरावरको सामानहरु बरामद गरिएको छ । बरामद गरिएका सामानहरुमा ३० वटा आइ फोन, जुता ७० जोर , चकलेट ८ कार्टुन बुकी पेपर ४ बोरा, ताजा फुल तथा फुलका बिरुवाहरु ७० के।जि। रहेका छन् ।
बरामद सामाानहरु आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।