२०८१ कार्तिक ९

लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ८, बिहीबार ११:५५ गते

बुटवल ८ कात्तिक ।
लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन जना मन्त्रीले बिहिवार शपथ लिएका छन् । नया मन्त्रीलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले शपथ ग्रहण गराएका हुन् ।
यहा बर्दियाका जन्मजय तिमिल्सीना सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरण र बाँकेका आदेश अग्रवाल आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् । शपथ लिएका मध्ये तिमिल्सीना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैसग राखेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए। सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा आचार्य नेतृत्वको सरकार बनेको थियो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका दल नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगरलगायतको सहभागिता थियो ।