२०८१ मंसिर ७

विपदबाट प्रदेशलाइ सुरक्षित बनाउन प्रभावकारी समन्वय जरुरीः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक १३, मंगलवार १०:४९ गते

बुटवल १३ कात्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाइ सबैखाले विपदबाट सुरक्षीत बनाउनेगरी नीतिगत सुधार गरेर प्रदेश सरकार अघि बढेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिले मंगलबार राप्ती उपत्यका देउखुरीमा गरेको समन्वय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन रेडक्रस लगायतका सरोकारवाला पक्षसंग सरकारले सहकार्य गर्ने बताए । उनले सबैखाले विपदबाट प्रदेशलाइ सुरक्षित बनाउन प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए । दुःखमा पनि, सुखमा पनि प्रदेश सरकार नागरिकको साथमा रहेको उनले बताए ।
लुम्बिनी प्रदेश भुकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका विपदको दृष्टिकोणले उच्च जोखिममा छ। पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढी तथा डुबानको चपेटामा पर्दै आएका छन । रेडक्रस लुम्बिनीका अध्यक्ष लालप्रसाद पंगेनिको अध्यक्षता भएको समन्वय परिषद्को बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।