२०८१ पुष १०

नौलो बहुउदेश्यीय सहकारीको साधारण सभामा सहकारीहरु निति , बिधि र प्रविधिले चल्नु पर्ने वक्ताहरुको जोड
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २४, शनिबार १०:३३ गते

बुटवल, २४ कार्तिक ।
नौलो बहुउदेश्यीय सहकारी संस्थाको १५औ वार्षिक साधारण सभा एक कार्यक्रमका बिच शनिबार बुटबलमा सम्पन भएको छ ।
कार्यक्रमको उद्घाटन सहकारीकी महिला जेष्ठ सदस्य जित कुमारी गौचनले गरेकी थिइन । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीहरु निति , बिधि र प्रविधिले चल्नु पर्ने बताएका थिए । अहिलेको जटील अबस्थामा सहकारीले लगानी गर्दा आफ्ना सहकारी सदस्यहरुसंग मात्र लगानी कारोबार गर्न आग्रह गरेका थिए । आफ्ना सहकारी सदस्य भन्दा बाहिर लगानी गर्दा लगानी नै दुर्घटना पर्ने खतरा सहकारी रहेको उनिहरुको जोड रहेको थिए ।

कार्यक्रममा नौलो सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठले सहकारी माध्यमबाट समाजमा छरिएर रहेको पूजीलाई उत्पादन मुलक क्षेत्रमा लगानी गरी सेयर सदस्यहरुको आयआर्जन बढाउन सहकारीले पहल गर्नुपर्ने बताए । उनले सहकारीमा जम्मा भएको पूजीलालाई उत्पादन र श्रम सिप संग जोडन सके रोजगारी अबसरहरु बढ्ने र आय आर्जन बढाउन सकिने तर्क गदै नौलो बहुउदेश्यीय सहकारी संस्था त्यसै अनुरुप अगाडी बढेको दिएका थिए ।

अध्यक्ष श्रेष्ठले अध्यक्षको प्रतिबेदन प्रस्तुत गदै सहकारीलाई सेबामुखी नाफामुखी बनाई सदस्यहरुको ब्यबसायीक बृद्धी गर्नको लागी योगदान गर्ने बताए । साथै उनले सहकारी समानता ,सदभाब आपसी हित सहयोगको आदान प्रदान गदै शेयर सदस्यको आर्थिक उन्नतीमा अग्रसर रहेको जानकारी दिएका थिए ।


कार्यक्रममा लेखा समितिको प्रतिबेदन लेखा समिति संयोजक अनिल भण्डारीले प्रस्तुत गरेका थिए । भने कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष हिराबहादुर के।सी प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषध्यक्ष भोज बहादुर बुढाथोकी , जागरुक बचत तथा ऋण सहकारी संस्था लि कोषध्यक्ष मोति प्रसाद श्रेष्ठ ,पुप्प बचत तथा ऋण सहकारीका उपाध्यक्ष युबराज अमगाई , राष्टिय सहकारी बैक बुटवल साखा प्रमुख संगित धिताल साथै बिभिन्न सहकारीबाट प्रतिनिधित्ब गर्ने प्रतिनिधि लगायतले सहकारीको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा उपाध्यक्ष ललिता बंशि ठकुरी स्बागत र सचिब सुदन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारीले बिभिन्न रेमीट्यान्स सेबा प्रदायकहरु संग सम्झौता गरी देश तथा बिदेसबाट पठाएको रकम सर्बसुलभ रुपमा रेमीटेयान्स सेबा दिई रहेको छ । आइएमई रेमिट ,आइएमई पे , नविल ,वेस्टन यूनियन , हिमाल रेमीट , प्रभु रेमीटबाट सेवाको साथै टेलिफोन ,बिजुली ,पानी बिलिङ, मोबाइल ब्यालेन्स द्वन्सफर लगायतका सेबा सुबिधा दिएको छ ।
नौलो सहकारी संस्था लि २०६६ सालमा डिभिजन सहकारी कार्यलय रुपन्देहीमा दर्ता भई २०७० मा बिनियम संसोधनगरी नौलो बहुउदेश्यीय सहकारी संस्था लि कायम भएको थियो ।