२०८१ आश्विन ८

लुम्बिनी प्रदेशलाई नमूना प्रदेश राजधानी बनाउछौ:मुख्यमन्त्री केसी
  • लुम्बिनी खोज
  • २०७८ चैत्र १०, बिहीबार १८:५६ गते

बुटवल, १० चैत ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’  संघीयतालाई बलियो बनाउनको लागि सरकार र आम नागरिक जिम्मेवार बन्नुपर्ने बताएका छन ।उनले लुम्बिनी प्रदेशको राजधानी नेपालकै प्रदेशका राजधानीहरुमा नमूना प्रदेश राजधानी बनाउनको लागि परेको बताएका छन । नमूना प्रदेश राजधानी बनाउनको लागि प्रदेश सरकारले कार्यको थालनी तीव्र गतिमा गरेको समेत बताएका छन । सितगंगामा बिहिबार भएको कार्यक्रमलाई सम्वोधन गर्दै लुम्बिनी प्रदेशको राजधानी निर्माणको विषयमा धेरै छलफल र सबै मनोविज्ञानलाई केन्द्रीत गरी लुम्बिनी प्रदेश र राप्ती उपत्यका घोषणा गर्न सफल भएको बताउँदै मुख्यमन्त्री केसीले नेपालको प्रदेशहरुमा लुम्बिनी प्रदेस नमूना प्रदेश निर्माण गर्ने योजनामा रहेको बताए ।
मुख्यमन्त्री केसीले राजधानी निर्माणको विषयमा सबै स्थानका समुदायलाई सम्वोधन हुने गरी काम गर्ने बताउँदै त्यस क्षेत्रको सबै भन्दा त्यसमा सबै जनतालाई भलो हुने बताए । मुख्यमन्त्री  केसीले नेपालमा पछिल्लो गठबन्धीय सस्कार बन्दै गएको बताउँदै प्रतिगामी सोच र विचार भएको विरुद्धमा गठबन्धन गरेर अगाडि बढ्नु पर्ने बताउँदै त्यसका लागि लुम्बिनी प्रदेशमा कतिपय जिल्लाहरुमा गरि सकेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।

सितगंगा नगरपालिका प्रमुखले सितगंगाका जनताको शिक्षा, स्वास्थ्य, खानेपानी र सिचाई अभाव रहेकाले राजधानी निर्माणको भुगोललाई पनि समेटिएर अगाडि बढ्नका लागि अनुरोध गरेका थिए । कार्यक्रममा उपप्रमुख टिकाबहादुर रेग्मी रुकबहादुर आले, मधुपन्थ लगायत बोल्दै सितगंगाका जनताको शिक्षा, स्वास्थ्य, खानेपानी र सिचाई अभाव रहेकाले जानकारी गराएका थिए । वडा कार्यालयको भवन निर्माणका लागि सितगंगा न.पा. र वडाको बजेट गरी करिव ३२ लाखमा निर्माण भएका हो ।