२०८१ पुष ११

बुटवलमा प्रिमियम र स्मार्ट नामी इभी गाडी लन्च
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २७, मंगलवार ०७:१३ गते

बुटवल, २७ कात्तिक ।

विश्वकै उत्कृष्ट चारपाग्रे सवारी उत्पादक गर्दै आएको एक चाइनिज कम्पनीले नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लुम्बिनी प्रदेश अन्तर्गत बुटवलमा प्रिमियम र स्मार्ट इभी नामी गाडी औपचारिक रुपमा लन्च गरेको हो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की र एमएडब्लु वृद्धिका बिजनेश प्रमुख प्रशन्न पन्त तथा डोंगफेंग बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले संयुक्त रुपमा नामी इभी सार्वजनिक गरका थिए ।
कार्यक्रममा नगर प्रमुख खाँणले इन्धनको बचत र वातावरणीय प्रदुषण न्युनिकरणका लागि बिद्युतिय सवारीको प्रयोगमा जोडदिनुपर्ने बताए । तिलोत्तमा नगरपालिकाले यस खालका सवारीको सञ्चालनका लागि आवश्यक पुर्वाधार निर्माणमा लगानी गर्ने बताए ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र काकीले विश्वसनीय ब्रान्ड भित्र्याउनु भएकोमा बधाई र शुभकामना व्यक्त गरे । त्यसैगरी, एमएडब्लु वृद्धिका बिजनेश प्रमुख प्रशन्न पन्त गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने बताए ।
डोंगफेंगका लागि बुटवल डिलर इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले लुम्बिनीमा स्मार्ट र इन्टेलिजेन्ट इभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी भएको बताए । उनले विक्री मात्र होइन विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए ।
नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ ।