२०८१ कार्तिक ३०
बुटवल ३० कात्तिक ।
सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाटयती एयरको विमान मार्फत पोखरा तर्फ लगिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालका अनुसार दिउसो १.४५ मा भैरहवाबाट जहाज उडेको छ ।