२०८१ मंसिर १०
बुटवल ९ मंसिर ।
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १३.०३ अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर दुई हजार ६६७.४० को विन्दुमा कायम भएको हो ।
३२२ कम्पनीको एक करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर ७६ हजार ४१८ पटक खरिद–बिक्री हुँदा सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० को कारोबार भएको छ ।