२०८१ आश्विन ४

रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै शान्ति समाजको प्रदर्शन
  • लुम्बिनी खोज
  • २०७८ चैत्र १५, मंगलवार ०९:११ गते

बुटवल । रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै शान्ति समाजको देशव्यापी प्रदर्शन गरेको छ । यसैक्रममा युद्ध र आणविक अस्त्र विरुद्ध मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाण्डौस्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको हो । मंगलबार सम्पन्न प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौ निहत्था मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरुमाथिको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै समाजले रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरि युद्ध रोक्न आह्वान गरेका थिए ।
एकातिर रुसी आक्रमणका कारण ३६ लाख बढी युक्रेनीहरु शरणार्थी भएको, ६५ लाख बढी आन्तरिक रुपमा विस्थापित भएको र युद्धकै कारण मानव अधिकार उल्लंघनको डरलाग्दो सिलसिला शुरु भएको, अर्कोतिर युद्ध लम्बिदै जाँदा परमाणु अस्त्र प्रयोग हुने त होइन? कतै विश्व युद्ध शुरु हुने त होइन ? मानव सभ्यता नै समाप्त हुने त होइन? भन्ने त्रासप्रति शान्तिवादीहरुले गम्भीर चिन्ता व्यक्त गरेका थिए । प्रदर्शन पश्चात रुसी राष्ट्रपति भ्लादीमिर पुटीनलाई युद्ध तत्काल रोक्न आग्रह गर्दै शान्ति समाजका तर्फबाट लेखिएको पत्र काठमाण्डौस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, सल्लाहकार उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, पूर्व उपसभाति रेनुका पौडेल, सचिव रामप्रसाद जोशी, सचिव नम्रता खरेल, सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु सरस्वती ढकाल, चन्द्रमणी बञ्जारा, किरण ढकाल, सदस्य अपिल समिति सदस्य ईश्वरा लिङ्देन, काठमाण्डौ शाखा का।वा। सभापति भगवान पुडासैनी, पूर्व सभापति ईश्वर पुडासैनी, काठमाण्डौ शाखा सचिव प्रमोद फुयाल, सदस्यहरु दिवाकर पुडासैनी, विकास थापा, रमेश पुडासैनी, तुलसीराम भण्डारी, प्राचि राय, सुप्रिया सापकोटा, बद्री पुडासैनी सहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।
यसैगरी रुसलाई तत्काल युद्ध रोक्न आग्रहसहित शान्ति समाजद्वारा मंगलबार वुटवलमा आयोजित प्रदर्शनमा सभापति गोविन्द खनाल लगायत शान्तिवादीहरुको सहभागिता थियो । रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा पाल्पा, बारा, रुपन्देही र झापामा, संखुवासभा, चितवन, दाङ, नवलपुर, तेह्रथुम, बाजुरा लगायत एक दर्जन बढी जिल्लामा प्रदर्शन भएको छ । शान्ति समाजले युद्ध निषेधः शान्ति विशेष अभियान अन्तर्गत रुसलाई युद्ध रोक्न आह्वान गर्दै नेपालमा दुई दर्जन बढी प्रदर्शन गरिसकेको छ ।