२०८१ पुष ८

प्रविधिमैत्री बन्दै सिद्धार्थनगर
  • लुम्बिनी खोज
  • २०८१ मंसिर २४, सोमबार १२:२० गते

भैरहवा २४ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रविधि मैत्री बन्दै गएको छ । नागरिकाको सेवा प्रवाहलाई सहज बनाउन पछिल्ला दिनहरुमा नगरपालीकाले प्रविधीको प्रयोगलाई बढाएको छ । नगरपालिकाले क्यूआर कोड मार्फत राजस्व भुक्तानी सुरु गरेको छ । त्यस्तै फोहोर मैला संकलन गर्ने ट्याक्टरहरुमा जिवीएस जडान गरी कहाँ छन् भन्ने पक्ता लगाउन सकिने ब्यबस्था मिलाएको छ ।
यसबाट फोहोर मैला सकंलन गर्ने ट्याक्टरहरु कहाँ र कुन अवस्थामा छन भन्ने पत्ता लगाउन सकिने छ । र सही अनुसार आफ्नो क्षेत्रमा रहेका ट्याक्टरको लोकेसन पत्ता लगाई फोहोर पठाउन सकीने छ । यसको लागी लागी आफ्नो मोवाईलमा लुना जिपीएस डाउनलोड गरी सहजै सेवा लिन सकीने ब्यबस्था मिलाईएको छ ।
त्यस्तै राजस्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नगरपालिकाको नीति अनुरुप क्यूआर कोड मार्फत राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था पनि मिलाएको हो ।
नगरपालिका कार्यालय अन्र्तगत राजस्व प्रशासन शाखा, घरनक्सा शाखा र वडा कार्यालयहरुमा बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुहरु क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ । नगरपालिकालाई प्रविधी मैत्री बनाउने आफ्नो प्रतिबद्धता अनुसार नविनतम प्रविधीलाई अधीकतम प्रयोगमा ल्याउने कोशिस भैरहेको सिद्धार्थनगर नगरपालीकाका मेयर ईश्तियाक अहमद खाँले जानकारी दिए । उनले यसै वर्षदेखि राजस्व संकलन ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नीति अनुरुप क्यूआर कोड मार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगद प्रवाहलाई सरल मितव्यापी, पारदर्शी तथा प्रभावकारी बनाएर वित्तीय जोखिम न्यूनिकरण गर्नका लागि र नगरपालिकाको नीति अनुरुप क्यूआर कोड मार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको बताए । नगरपालिकाको कार्यालय र वडा कार्यालयमा रकम भुक्तानी गर्दा भुक्तानी गर्नुपर्नेमा रकम अनुसार प्राप्त हुने छुट्टाछुट्टै कारोबार संकेत नम्बरको क्यूआर कोडमा सोझै रकम भुक्तानी गर्नका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले आग्रह गरेको छ ।